तस्वीरमा ६८औं प्रजातन्त्र दिवस
देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज ६८औं प्रजातन्त्र दिवस मनाइएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली लगायत उपस्थित भएका थिए ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री तथा प्रधानन्यायाधीशले शान्तिको प्रतिक परेवा उडाएका थिए ।
समारोहमा नेपाली सेनाले परेडका साथै विभिन्न खेल समेत प्रस्तुत गरेको थियो ।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको युग शुरु भएको बताएका छन् ।