हिम स्टारका नयाँ मिक्स्चर
गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले हिमस्टारका पाँच मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।
हिम इलेक्ट्रोनिक्सले पर्ल–५०० डब्लू, स्मार्टी–५०० डब्लू, डायमण्ड–५५० डब्लू, क्यूट–५५० डब्लू र ग्यालेक्सी–७५० डब्लू गरी पाँच नयाँ मोडलका मिक्सचर सार्वजनिक गरेको हो ।
नयॉ मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल र तीन–तीनवटा स्टेनलेस स्टिल जार रहेका छन् ।
सबै मिक्सचरमा एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
मिक्सचर ग्राइण्डरको मोडल अनुसार ३ हजार ६९० देखि ५ हजार १९० रुपैयाँसम्म मूल्य तोकिएको छ ।
३० वर्षदेखि हिम इलेक्ट्रोनिक्सले नेपालमा इलेक्ट्रोनिक्स तथा होम एपलाइन्सेसहरु विक्री गर्दै आइरहेको छ ।