सडक दुर्घटनामा दुई वडा अध्यक्षको मृत्यु
चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी दुई वडा अध्यक्षको मृत्यु भएको छ ।
दुर्घटनामा परी खैरहनी नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको ६ फागुन राति नै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा परी घाइते भएका वडा नम्बर ४ का वडाअध्यक्ष नरेन्द्र अधिकारीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
खैरहनीबाट रत्ननगरतर्फ जाँदै गरेको ना ३ च ९८४० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस