कांग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन् ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सिंहले पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।
उनले प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएकोले जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।
कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न कांग्रेसको ठूलो भूमिका रहेको भन्दै कांग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको धारणा राखे ।
उनले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर पछि विधानलाई बेवास्ता गर्ने परिपाटी रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गरे । रासस