प्रधानमन्त्री ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा आज जारी गरिएको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ ।
साथै, उनले प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको उल्लेख गरिएको छ ।
वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको ओलीले बताएका छन् ।
त्यस्तै वर्तमान सरकारले आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्नेे सन्देशमा उल्लेख गरिएको छ ।