योजना आयोगका उपाध्यक्ष वाग्लेद्वारा राजीनामा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा घोषणा गरेका छन् ।
वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझउन समय लिइसकेको बताए ।
उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउन १९ मा आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।
नयाँ सरकारलाई काम गर्न सजिलो बनाइदिन राजीनामा दिन लागेको उनले बताए ।
यसअघि उनले आयोगको सदस्यका हैसियतमा काम गरेका थिए ।
वाग्लेको नेतृत्वमा आयोगले दिगो विकासको खाका, आयोगको पुनःसंरचना सम्बन्धी काम, विकासको मध्यकालीन र दीर्घकालीन खाका, बाढीपीडितको पुन:स्थापनाको आवश्यकता आकलन प्रतिवेदन, इत्यादि काम अघि बढेको थियो ।