प्रदेश–६ मा ७ सदस्यीय मन्त्रिपरिषद् गठन
प्रदेश–६ मा ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको प्रदेश–६ को आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी नरेश भण्डारीले पाएका छन् । भण्डारी नेकपा माओवादी केन्द्रको तर्फबाट जुम्लाबाट निर्वाचित सांसद् हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी प्रकाश ज्वालले पाएका छन् । ज्वाला नेकपा एमालेको तर्फबाट सल्यानबाट निर्वाचित सांसद् हुन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा सुर्खेतका खड्क खत्री, सामाजिक विकास मन्त्रीमा हुम्लाका दलबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा डोल्पाका नन्दसिंह बुढा नियुक्त भएका छन् ।
भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी रुकुमबाट समानुपातिक सांसद् बनेकी विमला केसीले पाएकी छन् ।