प्रदेश–५ को उपसभामुखमा कृष्णी थारू निर्वाचित
प्रदेश–५ को उपसभामुखमा नेकपा एमालेकी कृष्णी थारु निर्वाचित भएकी छन् ।
दुईजनाको उम्मेदवारी परेकोमा थारू ६६ मतका साथ निर्वाचित भएकी हुन् ।
संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारूको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो ।
उपसभामुखका लागि वाम गठबन्धनको तर्फबाट कृष्णी थारू र नेपाली कांग्रेसको तर्फबाट रिना विश्वकर्माको उम्मेदवारी परेको थियो ।
दीपक ज्ञवाली, बुटवल