आईएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा सुर्खेतमा
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
कम्पनीका संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी, विभिन्न ब्यांंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कम्पनीले देशैभरी शाखा विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने योजना राखेको छ ।
सुर्खेत सहित आईएमई जनरल इन्स्योरेन्सका २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु रहेका छन् ।