प्रदेश–४ का मुख्यमन्त्री, सभामुख र मन्त्रीले लिए शपथ
प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुखको निवासमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, सभामुख र मन्त्रीले सपथ लिएका हुन् ।
रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
त्यस्तै नवनियुक्त मुख्यमन्त्री गुरुङ, सभामुख अधिकारी र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बस्नेतले आजै पद बहाली गरेका छन् ।