सन्दिप उत्कृष्ट खेलाडी, पारसको सर्वाधिक रन
आईपिएलमा छनोट भएर चर्चामा रहेका सन्दिप लामिछाने नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा प्लेयर अफ दि सिरिज घोषित भएका छन् । उनले प्रतियोगितामा १७ विकेट लिए । ओमनका विलाल खानले पनि १७ विकेट नै लिएका थिए ।
टीम नेपालका कप्तान पारस खड्का सर्वाधिक रन जोड्ने खेलाडी बन्न सफल भएका छन् । युएईसँगको फाइनल खेलमा ११२ रनमा अविजित रहेका खड्काले प्रतियोगितामा २४१ रन जोडेका थिए ।