कला/साहित्यबिहिवार, फाल्गुण ३, २०७४

दोलखामा चलचित्र नगरीको शिलान्यास

हिमालखबर

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुङ्गाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरीको शिलान्यास गरिएको छ ।

तस्वीर: सर्मिला बुढाथोकी

आज निर्वतमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नगरीको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै बस्नेतले नेपालको पहिलो चलचित्र नगरीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने धारणा राखे ।

चलचित्र नगरी आसपास एयरपोर्ट, पाँचतारे होटल लगायतका संरचनाको समेत निर्माण गर्ने योजना रहेको बस्नेतले उल्लेख गरे ।

नेपाली चलचित्रलाई व्यावसायीक बनाउन आफ्नै नेतृत्वमा बक्स अफिसको स्थापना गरिएको उनले दाबी गरे ।

खरीढुङ्गाको १५ सय रोपनीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको लागि सरकारले संरचना निर्माण गर्नेछ । स्टुडियो निर्माणको लागि भने दाता खोज्नुपर्ने बाध्यता भएको कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

चलचित्र नगरीको लागि सरकारले अहिलेसम्म करीब तीन करोड रुपैयाँ उपलब्ध गराएको श्रेष्ठले बताए ।

सर्मिला बुढाथोकी, दोलखा

 

प्रतिकृया दिनुहोस