प्रदेश–५ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
आज प्रदेश–५ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् ।
एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास र माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन् ।
चौधरी नवलपरासी पश्चिमबाट निर्वाचित सांसद हुन् भने केसी रोल्पाबाट निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री र मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
सपथग्रहण कार्यक्रम प्रदेश प्रमुख आवास रहेको सडक डिभिजन कार्यालयको परिसरमा राखिएको थियो ।
दीपक ज्ञवाली, बुटवल