बुटवलमा मोजो–३०० को विक्री शुरू
महिन्द्राको ‘मोजो–३००’ बुटवलमा विक्री शुरू भएको छ ।
नेपालमा महिन्द्रा टु ह्विलर्सको आधिकारीक वितरक अग्नि मोटो इन्कले बुटवलमा पाल्पा–भैरव अटो सेन्टरमार्फत विक्री शुरू गरेको हो ।
३०० सीसीको मोजो मोटरसाइकलमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (इएफआई) सिलिण्डर इन्जिन रहेको छ । जसले ३० एनएमको टर्ग प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
यसमा ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, रियर मोनो सक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।
नेपालमा सन् १९९१ मा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टु ह्वीलर, विद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आइरहेको छ ।