प्रदेश–७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त
प्रदेश–७ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा माओवादी केन्द्र प्रदेश–७ काे संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
भट्टले ५ फागुनमा सपथ लिनेछन् ।
नेकपा एमालेको समर्थनमा भट्टले २ फागुनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।
भट्ट डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् ।