किस्ताबन्दीमा माइक्रोम्याक्सको इन्फिनिटी
इजि मोबाइल केयरले ‘माइक्रोम्याक्स क्यानभास इन्फिनिटी’ मोबाइल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
नेपालका लागि माइक्रोम्याक्स मोबाइलको आधिकारीक विक्रेता पशुपति ट्रेड लिंक प्रालिसँगको सहकार्यमा इजि मोबाइल केयरले किस्ताबन्दी योजना ल्याएको हो ।
यो योजनाअन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका मोबाइल फोनहरु शुन्य प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरीद गर्न सक्नेछन् ।
किस्ताबन्दीको अवधि ६ महीना, १२ महीना र १८ महीना रहने कम्पनीले जनाएको छ ।
न्यूरोड ताम्राकार कम्प्लेक्स र सीटीसी मल सुन्धारामा रहेको इजि केयरबाट किस्ताबन्दीमा मोबाइल खरीद गर्न सकिनेछ ।
क्यानभास इन्फिनिटी मोबाइल खरीद गर्दा पारदर्शी कभर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।