प्रधानमन्त्री देउवाद्वारा राजीनामा
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् ।
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन् ।
देशबासीका नाममा करीब १५ मिनेट सम्बोधन गरेका देउवाले कार्यकाल सफल बनाउन सघाउने मन्त्री, कर्मचारी, पार्टीका नेता लगायतलाई धन्यवाद दिएका छन् ।
सम्बोधनका क्रममा देउवाले आफ्नो सरकारले गरेका कामहरुको जानकारी गराएका थिए ।
आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्य पुरा गरेको देउवाले बताए । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आफूले सफलतापूर्वक सम्पन्न गराएको देउवाले बताए ।
संविधान कार्यान्वयनमा आएकोले राजनीतिक संक्रमणको अन्त्य भएको देउवाको धारणा थियो ।
पढ्नुहाेस् ।
प्रधानमन्त्रीमा ओलीको दाबी पेश