प्रदेश–५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त
प्रदेश–५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले प्रदेश–५ को संसदीय दलका नेता पोखरेलले नेकपा माओवादीको समर्थनमा २८ माघमा मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए । पोखरेल दाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् ।