प्याराग्लाइडर फेवातालमा खस्दा पाइलटको मृत्यु
पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडर फेवातालमा खस्दा पाइलटको ज्यान गएको छ ।
पाइलट भारतको कर्नाटक प्रदेशका मारियाता शिवराजु रहेको प्रहरीले जनाएको छ ।
अचानक हावाहुरी चलेपछि उक्त प्याराग्लाइडर दुर्घटना भएको थियो ।
युवराज श्रेष्ठ, पोखरा