नेपाल र क्यानडाबीचको खेल पुनः शुरु
वर्षाका कारण रोकिएको नेपाल र क्यानडाबीचको खेल पुनः शुरु भएको छ । ५ विकेटको क्षतिमा ३५ ओभर खेल्दा नेपालले ११८ रन जोडेको छ ।
आईसीसी विश्व क्रिकेट डिभिजन–२ः डिएल मेथडमा नेपाल १० रनले पछाडि
आईसीसी विश्व क्रिकेट डिभिजन–२ अन्तर्गत क्यानडाविरुद्धको खेल वर्षाले प्रभावित भएको छ । डिभिजन–१ मा उक्लिन जित्नै पर्ने दबावमा रहेको टीम नेपालले ५ विकेटको क्षतिमा ३४ ओभर खेलेर ११५ रन जोडेको छ ।
क्यानडाले दिएको १९५ रनको विजय लक्ष्य पछ्याएको नेपाल डिएल मेथड अनुसार नतिजा घोषणा भयो भने १० रनले पराजित हुनेछ । क्यानडाले ८ विकेटको क्षतिमा ५० ओभर खेलेर १९४ रनको योगफल तयार पारेको थियो ।
नामिबियामा जारी आयोजक र युएई तथा केन्या र ओमनबीचको खेल पनि वर्षाका कारण रोकिएको छ ।
नेपाललाई क्यानडाद्वारा १९५ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट डिभिजन–१ मा पुग्न जित्नै पर्ने दबावमा रहेको टीम नेपाल लाई क्यानडाले १९५ रनको विजय लक्ष्य दिएको छ ।
क्यानडाले ८ विकेटको क्षतिमा पुरा ओभर खेलेर १९४ रन जोडेको हो । टस हारेर ब्याटीङ गरेको क्यानडाका लागि श्रीमन्थ ए.डब्लुले १५२ बलमा १०३ बनाए । बसन्त रेग्मीले तीन, सन्दीप लामिछानेले दुई र करण केसी र शरद भेषवाकरले समान एक–एक रन लिएका हुन ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलीरहेका मध्ये शीर्षस्थानका दुई टोलीले सन् २०१९ को विश्वकप छनोट खेल्न पाउने छन् । क्यानडा, नामिबिया र नेपालको समान ६–६ अंक भए पनि नेपाल रनरेटको आधारमा तेस्रोस्थानमा छ ।