समाचारबुधवार, फाल्गुण २, २०७४

प्रदेश–२ र ५ का सभामुख निर्विरोध निर्वाचित

हिमालखबर

प्रदेश–२ र ५ का सभामुख निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

प्रदेश–२ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव र प्रदेश–५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका हुन् ।

प्रदेश–२ को प्रदेशसभाको अर्को बैठक ४ फागुन दिउँसो १ः०० बजे बस्नेछ ।

प्रदेश– ५ का नवनिर्वाचित सभामुख घर्ति रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रदेश–५ को अर्को बैठक ६ फागुन दिउँसो १ बजे बस्नेछ । सोही दिन उपसभामुखको निर्वाचन समेत हुनेछ ।

प्रतिकृया दिनुहोस