समाचारबुधवार, फाल्गुण २, २०७४

प्रदेश–१ को मुख्यमन्त्रीमा राई नियुक्त

हिमालखबर

प्रदेश–१ को मुख्यमन्त्रीमा नेकपा (एमाले)का शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश–१ संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका शेरधन राईले नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न २९ माघमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री राईले भोलि, ३ फागुनमा शपथ ग्रहण गर्नेछन् । प्रदेश १ मा भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस