समाचारबुधवार, फाल्गुण २, २०७४

ओलीलाई प्रधानमन्त्री बनाउने एमाले स्थायी कमिटीको निर्णय

हिमालखबर

एमाले स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज २ फागुन दिउँसो ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको घरमा बसेको एमाले स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा पुष्पकमल दाहालसँग भएको छलफल बारे बैठकलाई जानकारी गराएका थिए।

बैठकमा भएको थप छलफलपछि अहिले एकता संयोजन समितिको बैठकमा छलफल हुँदै छ। पार्टी एकता संयोजन समतिको बैठक आजै बस्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस