चट्याङ लागेर २२ सैनिक घाइते
बैतडीमा चट्याङ लागेर २२ जना सैनिक घाइते भएका छन् ।
१ फागुन साँझ परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको सेनानी सुदीप बानियाँले जानकारी दिए ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सेनानी बानियाँले बताए ।
सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रासस