जित नामिबियाको दबाव नेपालमाथि
मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नका लागि नेपालले क्यानडालाई जित्नै पर्ने भएको छ । अंक तालिकाको पुछारमा रहेको केन्यालाई नामिबियाले १ फागुनमा पराजित गरेपछि नेपालमाथि दबाव बढेको हो ।
क्यानडा, नामिबिया र नेपालको समान ६–६ अंक भए पनि नेपाल रनरेटको आधारमा तेस्रोस्थानमा पुगेको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ नेपाल, नामिबीया, क्यानडा, युएई, केन्या र ओमन मध्येशीर्षस्थानका दुई टोलीले सन् २०१९ को विश्वकप छनोट खेल्न पाउने छन् ।
२ फागुनमा नेपालले शीर्षस्थानमा रहेको क्यानडाको सामना गर्दैछ । त्यस्तै दोस्रोस्थानमा रहेको नामिबिया र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
ओमन र केन्याले भने एक खेल बाँकी छँदै विश्वकप छनोट खेल्न नपाउने निश्चित भईसकेको छ ।