हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणबाट सप्तरीमा दुई जना महिलाको मृत्यु भएको छ ।
आज, १ फागुन दिउँसो हात्तीको आक्रमणबाट कंचनरुप–५ की मञ्जु साह (३७) र दुर्गीदेवी मुखिया (४५) को मृत्यु भएको हो । कोशी टप्पु छेउमै आक्रमण गरेका हुन् । हात्तीले
उनीहरुलाई कोशी टप्पु नजिकै हात्तीले पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घाँस, दाउरा खोज्न उनीहरुसँगै आरक्षतर्फ जाँदै गरेकी स्थानीय बुधनीदेवी सदा भने भागेर ज्यान बचाउनसफल भएकी छन् ।
श्रवणकुमार देव, सप्तरी