एमाले–माओवादी एकता संयोजन समितिको वैठक बस्न सकेन
पार्टी एकीकरणबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो, २९ माघमा भएको सहमतिलाई अन्तिम रुप दिन बस्ने भनिएको एकता संयोजन समितिको वैठक अहिलेसम्म बस्न सकेको छैन ।
आज, १ फागुनमा दुई अध्यक्षबीच छलफल हुने र त्यसपछि एकता संयोजन समितिको वैठक बस्ने भनिएको थियो । तर, अहिलेसम्म अध्यक्षहरुको भेटको समय बारे टुंगो लागेको छैन ।
दुई अध्यक्षबीच साँझसम्म भेट हुने सम्भावना रहे पनि एकता संयोजन समितिको वैठक भने आज बस्ने संभावना नरहेको बालकोट स्रोतले बतायो ।
हिजो ओली र दाहालबीच भएको भेटमा दुवै अध्यक्षहरु एकीकृत पार्टीको सह–अध्यक्ष बन्ने र एकीकरण प्रक्रियालाई टुंग्याउन आज एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो ।
मुकेश पोखरेल