प्रदेश–५ मा सभामुखको लागि उम्मेदवारी दर्ता
प्रदेश–५ मा सभामुखका लागि उम्मेदवारी दर्ता भएको छ ।
वाम गठबन्दनले माओवादी केन्द्रका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्तीको उम्मेदवारी सचिवालयमा दर्ता गराएको छ ।
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने छन् भने समर्थकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल रहेका छन् ।
सभामुख चयनका लागि भोलि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
सभामुखको चयन लगत्तै साँझ ५ बजे पदभार ग्रहण कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ ।
त्यस्तै, ३ फागुनमा पहिलो चरणमा तीन सदस्यीय प्रदेश सरकार गठन गर्ने तयारी गरिएको छ ।
दीपक ज्ञवाली, बुटवल