नेपालद्धारा केन्या पराजित, विश्वकप छनोट खेल्न पाउने संभावना बलियो
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले केन्यालाई पराजित गरेको छ । केन्याले प्रस्तुत गरेको १७८ रनको सामान्य लक्ष्य नेपालले सात विकेटको क्षतिमा ५० ओभरमा पुरा गरेको हो । टीम नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७, कप्तान पारस खड्का र आरिफ शेखले समान ४२/४२ र शरद भेषवाकरले १९ रन जोडेका थिए ।
चार खेलमा तीन जीत निकालेको नेपाल र शीर्षस्थानमा रहेको क्यानाडाको समान ६ अंक छ । नेपाल रनरेटका कारण दोस्रो स्थानमा छ ।
केन्याले आठ विकेटको क्षतिमा पुरा ओभर खेलेर १७७ रन बनाएको थियो।
तेजिलो शुरुवात गरेको केन्याको रन गति टीम नेपालका सन्दिप लामिछानेको आगमनसँगै सुस्ताएको थियो । सन्दिपले पाँच मेडन ओभर राख्दै पाँच विकेट लिए । उनले जम्मा २० रन खर्चिए ।
सोमपाल कामी, शरद भेषवाकर र बसन्त रेग्मीले एक एक विकेट लिए । नामिबियामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
नेपाल, नामिबीया, क्यानडा, युएई, केन्या र ओमन मध्ये पहिलो र दोस्रो स्थानका दुई टोलीले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।