कांग्रेसले बुझायो समानुपातिक सांसद्हरुको सूची
नेपाली कांग्रेसले प्रतिनिधिसभाका समानुपातिक सांसद्हरुको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद्को नामावली टुंगो लगाएको हो ।
खस/आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा चयन भएका छन् ।
खस/आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् ।
बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी आदिवासी/जनजाति (पुरुष) तर्फ चयन भएका छन् ।
आदिवासी/जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा परेका छन् ।
कांग्रेसले मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन गरेको छ ।
त्यस्तै दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने महिलातर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।
थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी अनि महिलातर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी चयन भएका छन् । त्यस्तै मुस्लिम (पुरुष) मा अतहर कमाल मुसलमान र महिलातर्फ सर्वतआरा खानम सूचिमा परेका छन् ।
समानुपातिकतर्फ नेकपा (एमाले) ले ४१, नेपाली कांग्रेसले ४०, नेकपा (माओवादी केन्द्र) ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ स्थान प्राप्त गरेका छन् ।