एनआईबीएल एस क्यापिटलको कारोबार शुभारम्भ
२८ माघदेखि एनआईबीएल एस क्यापिटल लिमिटेडले कारोबार शुभारम्भ गरेको छ ।
एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर एनआईबीएल एस क्यापिटल लिमिटेड बनेको हो ।
दुई कम्पनी गाभिएपछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुगेको छ ।
एनआईबीएल एस क्यापिटलका एक लाख ४२ हजार बढी हितग्राही खाता र चार वटा शाखा कार्यालयहरु रहेका छन् ।
कम्पनी छिट्टै तीन नयाँ शाखा कार्यालय खोल्ने तयारीमा रहेको छ ।