गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द
चीनसँगको नाका रसुवागढी जोड्ने सडक निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ ।
१ फागुनदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडक बन्द गरिने आयोजनाले जनाएको छ ।
यसअघि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।
बिहानको समयमा गाडीको चाप बढी हुने भएकाले सडक बन्द गरिने समय परिवर्तन गरिएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ । रासस