पाकिस्तानी मानवअधिकार 'आइकन' आसमा जहांगीरको निधन
पाकिस्तानकी चर्चित मानवअधिकार कार्यकर्ता एवम् मानवअधिकार र महिला सशक्तिकरण क्षेत्रकी एक 'आइकन' आसमा जहांगीरको ६६ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातपछि लाहोरको अस्पताल लगिए लगत्तै उनको निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
असाधारण साहस र जीवनभर समाजका सीमान्तकृत र पिछडिएकाहरुको अधिकारको पक्षमा पैरवी गर्ने जहांगीर पाकिस्तानको सर्वोच्च अदालत बार एसोसिएशनकी पहिलो महिला अध्यक्ष थिइन् ।
संयुक्त राष्ट्र संघको मानवाधिकार दूतका रुमा काम गरिसकेकी जहांगिर फ्रांसको सर्वोच्च नागरिक पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
पाकिस्तानी राजनीतिमा सैन्य हस्तक्षेपको मुखर आलोचक उनले सैनिक तानाशाह जिया उल हक र परवेज मुशर्रफका सरकार विरुद्ध संघर्षको नेतृत्व गरेकी थिइन् ।
पाकिस्तानको मानवाधिकार आयोगकी संस्थापकमध्येकी एक उनी दक्षिण एशिया फोरम फर ह्यूमन राइट्स की सह-अध्यक्ष र अन्तर्राष्ट्रीय मानवाधिकार संघकी उपाध्यक्ष समेत थिइन् ।
आसमा जहांगीरको निधनपछि उनलाई उनका समर्थक मात्र होइन विरोधिले पनि सम्मानपूर्वक सम्झना गरेका छन् ।
उनले नागरिकको अधिकारका लागि सङ्घर्ष गरेकै कारण ज्यान मार्ने धम्की, विभिन्न शारिरीक आक्रमण तथा जेल सजाय भोग्नुपरेको थियो ।