टीम नेपालको विजयी शुरुवात, बसन्तले गरे कमाल
टीम नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ । नेपालले २५ माघमा आयोजक नामिबियालाई एक विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १ सय ३९ रनको झिनो लक्ष्य पछ्याएको टीम नेपालका ब्याट्सम्यानहरु चल्न सकेनन् । बसन्त रेग्मीले २४ बलमा एक छक्का र दुई चौका सहित २४ रन जोडेपछि नेपालको जित सम्भव भएको हो । सन्दिप लामिछानेले ४, सोमपाल कामीले ३ र बसन्त रेग्मी, पारस खड्का र शरद् भेषवाकरले एक–एक विकेट लिएपछि नामिबिया सस्तैमा समेटिएको थियो ।
डिभिजन–२ खेलिरहेका नेपाल, नामिबीया, क्यानडा, युएई, केन्या र ओमन मध्ये शीर्ष दुई टोलीले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।