एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ
लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए ।
अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले बताए ।
सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा लारीको संलग्नता रहेको सम्बन्धी मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए ।
उनलाई आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।
रासस