विपत्कालीन सहयोग उपसमिति गठन
उत्तरअमेरिकी तामाङ समाजले विपत्कालीन सहयोग उपसमिति गठन गरेको छ ।
उत्तरअमेरिकामा बसोबास गर्ने तामाङहरुलाई आपत्विपत् पर्दा सहयोग गर्ने उद्देश्यले उपसमिति गठन भएको हो ।
उपसमितिको संयोजकमा शेर लामा चयन भएका छन् । उपसमितिमा प्रत्येक राज्यका उत्तरअमेरिकी तामाङ समाज च्याप्टरका अध्यक्षहरु पनि रहने छन् ।
पहिलो बैठकबाट संस्था सञ्चालनको लागि आचारसंहिता बनाउने, कार्यालय संचालनको लागि पहल गर्ने लगायतका निर्णय भएको महासचिव डोल्मा घिसिङले जानकारी दिइन् ।
ङिमा पाख्रिन, न्यूयोर्क