होण्डाको एक्सआर–१९० एल सार्वजनिक
होण्डाले एक्सआर–१९० एल मोटरसाइकल सार्वजनिक गरेको छ ।
फ्यूल–इन्जेक्सन भएको यो मोटरसाइकलले इन्जिनमा चाहिने जति मात्र इन्धनको आपूर्ति गर्ने गर्दछ ।
१२३ केजी तौल रहेको एक्सआरमा १२ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।
यसमा हाई ग्राउण्ड क्लेरेन्स, स्पोक्ड रिम, लंग ट्राभल सस्पेन्सन र कुल्ड इन्जिन लगायतका विशेषता रहेका छन् ।
होण्डमा एक्सआरको मूल्य ५ लाख ७० हजार तोकिएको छ ।