आइएमई जनरल इन्स्योरेन्सको दुई नयाँ शाखा
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले झापाको दमक र सुनसरीको इटहरीमा दुई शाखाको शुरुआत गरेको छ ।
त्यस्तै मोरङको विराटचोकमा एक उपशाखा समेत सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रवाह गर्नको लागि नयाँ शाखाको शुरुआत गरिएको कम्पनीले जनाएको छ ।
नयाँ शाखा सहित आइएमई इन्स्योरेन्सको २६ वटा शाखा, ३ वटा उपशाखा १० वटा सेवा काउण्टरहरु भएका छन् ।