सामसङको ग्यालेक्सी ट्याब–ए सार्वजनिक
सामसङले ग्यालेक्सी ट्याब–ए सार्वजनिक गरेको छ ।
स्लीम, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा ट्याब–ए प्रयोग गर्न सहज हुने कम्पनीको दाबी छ ।
ट्याब–एमा एचडी डिस्प्ले, ४००० एमएएचको ब्याट्री, १.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी लगायतका विशेषता रहेका छन् ।
यसमा रहेको इन्टरनल मेमोरीलाई माइक्रो एसडी कार्डको प्रयोग गरी २०० जीबी सम्म बढाउन सकिन्छ ।
यसमा ५ मेगापिक्सलको ए–एफ रियर र २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
सेतो र कालो रंगमा उपलब्ध ग्यालेक्सी ट्याब–एको मूल्य १५ हजार ९०० रुपैयाँ तोकिएको छ ।