राष्ट्रपतिद्वारा जनकल्याण स्वर्ण महोत्सवको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छन् ।
आज विद्यालयमा आयोजित समारोहकाबीच राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गरेकी हुन् ।
उक्त विद्यालयबाट वि.सं. २०५९ मा एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुको सहयोगमा निर्माण भएको ‘स्वर्ण स्मारक स्तम्भ’को पनि राष्ट्रपति भण्डारीले अनावरण गरिन् ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा कृषि प्रयोगशालाको पनि शुरुआत गरिएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर