सामसङ जे–सेभेनको नयाँ मोडल
सामसङले नेपाली बजारमा ग्यालेक्सी जे–सेभेन एनएक्सटी सार्वजनिक गरेको छ ।
जे–सेभेन एनएक्सटीमा ५.५ इन्चको एचडी स्क्रिन रहेको छ ।
यसमा अक्टाकोर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ ।
अक्टाकोर प्रोसेसर र ३ जीबी ¥यामले डाउनलोड गर्न, गेम खेल्न तथा एकबाट अर्को एप्समा स्विच गर्न सहज हुने कम्पनीले जनाएको छ ।
एनएक्सटीमा ३२ जीबी क्षमताको इन्टरनल रोम रहेको छ । जसलाई २५६ जीबीसम्म बढाउन सकिने छ ।
यसमा एफ १.९ एपर्चर सहितको १३ मेगापिक्सेलको रियर र सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिक्सेल क्षमताको क्यामेरा जडान गरिएको छ ।
जे–सेभेन एनएक्सटीमा ३ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।
सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन रंगमा उपलब्ध एनएक्सटीको बजार मूल्य २१ हजार ९९० तोकिएको छ ।