मनमोहन प्रतिष्ठान विधेयक फिर्ता , ऐन नबनेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने
सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ।
आज, १२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
बैठकले संसदमा विचाराधीन ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
यसैगरी सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी
'मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान' राख्ने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनकालागि संसदमा पठाउने भएको छ।
बैठकले लामोसमयदेखि खाली रहेको विश्व विद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक देवराज अधिकारीलाई र सदस्यमा तीर्थराज खनियाँ र इश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
बैठकले अर्थ मन्त्रालयको सल्लाहकारमा पुण्यप्रदास रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।