अर्थ/बजारमंगलवार, माघ १६, २०७४

अशोक ले–लैण्डको ‘क्याप्टेन टिपर’ अब नेपालमा

हिमालखबर

अशोक ले–लैण्डको नेपालका लागि आधिकारिक विक्रेता आईएमई मोटर्स प्रा.लिले ‘क्याप्टेन टिपर’ सार्वजनिक गरेको छ ।

क्याप्टेनमा उच्च माइलेज, आरामदायी क्याबिन, एडजस्टेबल चालक सिट, टेलिस्किोपिक स्टेयरिङ लगायतका विशेषता रहेका छन् ।

इलेक्ट्रोनिक विशेषता भएकोले गाडीको विभिन्न अवस्था चालकलाई सहजै थाहा हुने कम्पनीले बताएको छ ।

क्याप्टेन बलियो इन्जिन सहित देशभर पार्टस तथा सर्भिसको सुविधा र नेपालको बाटो तथा हावापानी अनुकुल रहेको कम्पनीको दाबी छ ।

क्याप्टेन सिरिजका टिपरमा १६ देखि ४९ टनसम्मको क्षमता रहेको कम्पनीले जनाएको छ ।

नेपालभर अशोक ले–लैण्डका गाडीहरुको सेल्स र सर्भिसको सुविधा रहेको आईएमई मोटर्सले बताएको छ ।

नेपालमा आईएमई मोटर्सले अशोक ले–लैण्डका टिपर, ट्रक, बसलगायतका व्यवसायीक गाडीहरु विक्री गर्दै आइरहेको छ ।

भारतमा सन् १९४९ मा स्थापना भएको अशोक ले–लैण्डको विश्वभर नौ वटा उत्पादन प्लान्ट रहेका छन् ।

प्रतिकृया दिनुहोस