थप समाचारसोमवार, माघ १५, २०७४

माथिल्लो तामाकोशीमा चिनियाँ नागरिकको मृत्यु

हिमालखबर

दोलखामा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ इन्जिनियरको मृत्यु भएको छ ।

आयोजनामा साइड इन्जिनियर रहेका ४९ वर्षीय सन् लिङ लङको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ढुङ्गाले लागेर घाइते भएका सन लिङ लङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्मिला बुढाथोकी

 

प्रतिकृया दिनुहोस