नेपाली क्रिकेटर सन्दीपले दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेल्ने
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयर डेभिल्सका तर्फबाट खेल्ने भएका छन् ।
भारतमा आज भएको अक्सनमा लामिछाने छनौटमा परेका हुन् ।
नेपाली खेलाडी यति ठूलो लिगको अक्सनमा परेको यो पहिलो पटक हो ।
सन्दीपले गत वर्ष हङकङ ब्लिट्ज खेलेका थिए भने अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कको निम्तामा गएर उनकै क्लबबाट अस्ट्रेलियामा स्थानीय लिग खेलेका थिए।