बिमल घर्ती मगर मोहन बगानमा अनुबन्धित
टीम नेपालका स्ट्राईकर बिमल घर्ती मगर भारतको चर्चित फुटबल क्लब मोहन बगानमा अनुबन्धित भएका छन् । क्लबले १३ माघमा प्रेस विज्ञप्तिमार्फत बिमललाई आगामी सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो ।
उनी १४ माघमा कलकत्ता पुग्ने र १५ माघदेखि नै अभ्यास खेल खेल्नेछन् । १४ वर्षमै राष्ट्रिय टीमबाट खेल्ने अवसर पाएका बिमलको पारिश्रमिक भने खुलाईएको छैन ।
टीम नेपालका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ गतसाता भारतकै मिनर्वा पन्जाब क्लबमा अनुबन्धित भएका छन् ।