एनआईबिएल क्यापिटलको निःशुल्क एसएमएस सेवा
एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले ग्राहकहरुको लागि निःशुल्क एसएमएस सेवा दिने भएको छ ।
उक्त सेवामार्फत खातावालाहरुले आफ्नो शेयर कारोबार, खरिद बिक्री तथा डिम्याट खातामा भएको घटबढको बारेमा जानकारी पाउने छन् ।
एनआईबिएल क्यापिटल मार्केटस्ले हालसम्म एक लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धि सेवा प्रदान गर्दे आइरहेको छ ।