हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध
त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ ।
साँझसम्अम पनि दामनमा हिउँ परिरहेको र बाटोमा दुई फिट हिउँ जमेकाले हेटौडाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उनले बताए ।