जन्ती बोकेको जीप ठोक्किँदा ११ जना घाइते
बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको जीप अर्को जीपसँग ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जीप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जीप सिउडे बजार नजिकै आज १२.१५ बजे ठोक्किएका थिए ।
दुबै जीपका चालक प्रहरी नियन्त्रणमा छन् ।