यामाहाको नयाँ शोरुम धनुषामा
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषाको छिरेश्वरनाथमा नयाँ डिलर सञ्चालनमा ल्याएको छ ।
यामाहाले ग्राहकहरुलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सहितको नयाँ डिलर ‘सन्जना अटो’को शुरुआत गरेको हो ।
यामाहा मोटरसाइकल तथा स्कूटरको बढ्दो माग र ग्राहकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न नयाँ डिलर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
सन्जना अटोमार्फत यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ ।
शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहेको कम्पनीले दावी गरेको छ ।
यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी स्कूटरका तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर–१५, एसजीआरआर, सलुटो र आर–३ उपलब्ध छन् ।